चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हिन्दूको महान चाड दसैँ तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न सङ्कटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो । एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता सङ्घको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।

दसँै–तिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार दुई बोरा चामल, दुई किलो नुन, दुई लिटर तेल, चार पोका मस्यौरा, दुई किलो दाल, दुई किलो केराउलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सो सहयोग प्रदान गरिएको हो ।

सो अवसरमा पर्यटन व्यवसायी रामकुमार अर्याल, चेपाङ अभियानकर्मी केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका इञ्जिनीयर आनन्दराम थापा, विष्णुप्रसाद अर्याल, गोपाल अधिकारीलगायतको सहभागिता थियो । यस क्षेत्रका चेपाङ समुदायलाई आफ्नो उत्पादनले छ महिना खान पनि धौधौ हुने गरेको छ ।

यो पनि – बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् ।

बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन, त्यसैमा बच्चा जन्मन्छ, आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ, शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्नुपर्छ ।”

कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसाबले निकै कमजारे अनुभूति हुने गर्छ । गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउने गरेको किशोरी विश्वकर्माले बताउनुभयो । सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्राउन यहाँका किशोरीहरुले हप्ताको एक दिन घरघर गएर अभिभावकलाई बुझाउने गरेका छन् । अहिले यहाँका केही स्थानीय तहमा बालविवाहविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताइएको छ ।

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको मालिका–३ रुमका दलबहादुर विकले बताउनुभयो । यहाँका स्थानीय तहले पनि बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । धौलागिरि र मालिका गाउँपालिकाले बालविवाहविरुद्ध किशोरीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका ती स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । मालिका गाउँपालिकाले ‘विवाहवरी २० वर्ष पारि’ भन्ने अभियान नै सञ्चालन गरेको छ भने धौलागिरि गाउँपालिकाले पनि बालविवाहविरुद्धको अभियानलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ ।