सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।
यो पनि – स्वास्थ्य सामग्री हस्तान्तरण
दाताको सहयोगमा रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई आज सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन कन्सनटे«टर आठ, भोल्टेज रेगुलेटर आठ, अक्सिमिटर आठ थान र पिपि सेट १५ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त चालिसे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा, नौकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष धर्मबहादुर थोक्राको रोहवरमा नौकुण्ड गापामा सञ्चालित आठ वटा स्वास्थ्यलाई रसुवा ट्रेक एण्ड एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपाने ( दुर्गानाथ)ले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
रसुवा ट्रेकको पहलमा अमेरिकन संस्था डाइरेक्ट रिलिफ एवं माउण्टेन हट नेपालले रू १६ लाख बराबरको सामग्री उपलब्ध गराएको जनाइएको छ । नौकुण्ड गाउँपालिका क्षेत्रमा तीन वटा स्वास्थ्य संस्था र पाँच वटा सामुदायिक स्वास्थ्य एकाइबाट करिव ३० जना स्वास्थ्यकर्मीले नौकुण्ड क्षेत्रमा बसोबास गर्ने १० हजारभन्दा बढी स्थानीय बासिन्दा माझ प्राथमिक उपचार सेवा प्रदान गरी रहेका छन् ।



प्रतिक्रिया