‘प्रादेशिक चलचित्र बोर्ड गठन गर्न सरकार सकारात्मक’

‘प्रादेशिक चलचित्र बोर्ड गठन गर्न सरकार सकारात्मक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रादेशिक चलचित्र बोर्ड गठनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)को सातौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले सङ्घीयतासँगै चलचित्र क्षेत्रको वृद्धि विकासका लागि प्रादेशिक बोर्ड गठन गर्न आवश्यक रहेको बताउनुभयो ।

आदिवासी जनजातिको कला, संस्कृति संरक्षणसहित चलचित्रको मर्म र भावनाअनुसार अघि बढाउनको लागि प्रदेशस्तरमै बोर्ड हुनु आवश्यक रहेको मन्त्री बरालको भनाइ छ । उहाँले भन्नुभयो, “आदिवासी जनजातिको कला, संस्कृति नेपाली पहिचान हुन् । यिनको संरक्षणको लागि निर्माण हुने फिल्म क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर तमुले राज्यबाट अझै चलचित्र क्षेत्रलाई विभेद गरिएको बताउनुभयो । महाधिवशेनका अवसरमा गुरुङ चलचित्र क्षेत्रमा उल्लेखनिय योगदान गरेकामा पाँच जना चलचित्रकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नायिका कल्पना गुरुङ, सङ्गितकर्मी दुर्गाबहादुर गुरुङ, गणेश गुरुङ, नायिका ज्योति गुरुङ र सङ्गितकर्मी कृष्णकुमार गुरुङ रहेका रहनुभएको छ । उहाँहरूलाई मन्त्री बराल, चलचित्रकर्मी माओत्से गुरुङ, सङ्घका अध्यक्ष एशोसिएशनका अध्यक्ष भोजबहादुर गुरुङले सम्मानपत्रको साथमा खादा माला र दोसल्लाबाट सम्मान गर्नुभएको थियो ।

यो पनि – साहित्यकार डा लम्सालको महाकाव्य ‘अग्नि सार्वजनिक’

साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता त्रिपाठीले संयुक्तरुपमा उक्त महाकाव्यको लोकार्पण गर्नुभएको हो । मुलुकको राजनीति र इतिहासमा पछि परेका समान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ ।

राज्यशक्तिको वलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पु¥याउन सक्नलगायत घटनाका नालीबेली तथा त्यस बेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धिकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ । सो अवसरमा लेखक आहुतीले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भई हाल्छ भन्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिर्जनामा दलित पात्र हुँदैमा उक्त वर्ग समुदायको हित गर्छ भन्ने हुन्न, विगतका केही चर्चित पुस्तकमा जात प्रथाको पीडनमा परेकालाई दाया प्रदान गर्ने सिवायक ठोस कुरा पाइन्न तर यस महाकाव्यले समाजका विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तन गर्न सहयोग गर्नेछ । समालोचक डा रामप्रसाद ज्ञवालीले युग विशेषमा सीमान्तकृत जाति, वर्ग समुदाय कसरी सामाजिक र सांस्कृतिक शोषणमा परे भन्ने विषयवस्तु काव्यका माध्यमबाट समाजमा सुसूचित गराउन साहित्यकार लम्साल सफल भएको धारण राख्नुभयो ।

कवयत्री त्रिपाठीले सीमन्तकृत समुदायको पीडा र भोगाईंलाई गहि¥याइसम्म पुगेर तयार गरिएको महाकाव्यमा नेपाली समाज, संस्कृति र जातीय विभेद्सँग जोडिएका घटना मौलिक र स्वतन्त्ररुपमा राखिएको टिप्पणी गर्नुभयो । साहित्यकार डा लम्सालले जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरेको बताउनुभयो ।

पूर्वीय साहित्य अध्ययनमा विशेष दख्खल राख्नु हुने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको उक्त महाकाव्य ४२ सर्ग छ । कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको छ – सांसद चौधरी यसैबीच, प्रतिनिसभा सदस्य मेटमणी चौधरीले लेखक राहुल साङ्कृत्यायनको ‘लेनिन’ नामक पुस्तकको नेपाली अनुवादको आज विमोचन गर्नुभएको छ । अनुवादक मीनराज बसन्त रहनुभएको उक्त पुस्तक बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो ।

पुस्तकमा लेनिनको बाल्यकाल, क्रान्ति दीक्षा, प्रथम विश्वयुद्ध, गृहयुद्ध, आन्तिम विजय, लेनिनका केही गुण र निधनसम्मका विषयवस्तु समेटिएका छन् । पुस्तकको विमोचन गर्दै सांसद चौधरीले नेपाली कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट क्रान्तिको अहिले ब्रेक लागेको समयमा शक्ति सञ्चयका साथै नेता एवं कार्यकर्ताको बानी व्यवहार र विचलन भइरहेको सङ्गठन सुधारमा हामी सबै जुट्नुपर्छ ।”