प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय÷अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ ।
यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ”, उहाँले भन्नुभयो । समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।
यो पनि – राष्ट्रियसभाका पूर्वसदस्य अग्रवालको निधनमा श्राद्धाञ्जलि
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले राष्ट्रियसभाका पूर्वसदस्य विश्वनाथ अग्रवालको ८८ वर्षको उमेरमा भएको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भएको छ । विभिन्न रोगबाट थाला पर्नुभएका अग्रवालको शनिबार राति निधन भएको थियो । बाराको सदरमुकाम कलैयामा आज स्व अग्रवालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्राद्धाञ्जलि अर्पण गर्दै नेता रिजालले मुलुकमा प्रजातन्त्र ल्याउन अग्रवालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
सोही पार्टीका केन्द्रीय सदस्यद्वय फरमुल्लाह मंसुर तथा राधेचन्द्र यादव, बारा जिल्ला सभापति जयचन्द्र चौरसिया, संविधानसभा सदस्य शोभाकर पराजुलीलयायतले श्राद्धाञ्जलि दिनुभएको थियो ।



प्रतिक्रिया