पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमित,७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमित,७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६७९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७०७० पीसीआर र ३८५० एन्टीजेन परीक्षणमा ६७९जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९२  हजार ३४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १४०५  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि -कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यही असोज १४ गते अस्पताल भर्ना हुनुभएका उहाँको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ

यो पनि – बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा सङक्रमित

१७ असोज ९रासस ÷सिन्ह्वा० ः बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।

यो पनि – कोरोनाको खोप उपलब्धताका लागि आग्रह

१७ असोज (रासस÷सिन्ह्वा) ः विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् । महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन् ।

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरु मध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्रसंघमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए । सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरुले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए ।