घर्तीको उपचारमा १२ लाख बढी सहयोग

घर्तीको उपचारमा १२ लाख बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् । सो रकम वडाध्यक्ष रामबहादुर रोकालगायतको उपस्थितिमा शनिबार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो ।

घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थियो । घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताउनुभयो । पहिलो चरणमा सङ्कलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप सहयोग जुटाइने उहाँको भनाइ छ ।

घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरुले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राख्नुभयो । देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिनुभयो । प्रतिव्यक्ति न्यूनतम रु एक सयदेखि रु ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उहाँको भनाइ छ ।

यो पनि – सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो । जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

त्यसैगरी वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका दुई जनालाई समेत तोकिएको जरिवाना रु दश हजार भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

यो पनि – अहिंसा दिवसमा शान्ति ¥याली

अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आठ जिल्लामा शान्ति ¥याली निकालेको छ । काठमाडाँै, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा : पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित शान्ति ¥याली निकालिएको शान्ति समाजका महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । शान्ति ¥यालीमा जुनसुकै प्रकारका हिंसालाई निरुत्साहित गर्ने कानूनी व्यवस्था कार्यान्वयनको माग गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले १५ जुन २००७ को दिन अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसङ्घीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो । अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । यसै अवसरलाई महासभाले अहिंसा दिवसका रूपमा घोषणा गरेको हो । सन् २००७ मा राष्ट्र सङ्घले अहिंसा दिवस मनाउने निर्णय गरेपछि शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबरका सन्दर्भमा शान्ति समाज काठमाडाँै शाखाले निजानन्द आश्रम (टौदह) लाई खाद्य सामग्री सहयोग गरेको छ । यस अवसरमा रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएको उहाँले सुनाउनुभयो । शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । ज्येष्ठ नागरिकको सम्मानले नै समाजमा दिगो शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास कार्यक्रमका अवसरमा व्यक्त भएको थियो ।