जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केहीमात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ । जिल्लामा अक्सिजनको सहज व्यवस्थापन भइसकेकाले अबका दिनमा कुनै पनि बिरामी आत्तिनु नपर्ने बताइएको छ । विगतमा कोभिडको सङ्क्रमण सुरूभन्दा अगाडि आठ÷दश वटा मात्र अक्सिजन सिलिन्डर रहेको जिल्लामा आन्तरिक व्यवस्थापन एवं चिनियाँ सहयोगसमेतले ४०० सिलिण्डर व्यवस्थापन भइसकेको छ ।
अक्सिजनको व्यवस्थापनले श्वासप्रश्वास एवं लेक लागेका बिरामीलाई उपचार सेवा दिन सहज हुँदै गएको चिकित्सकले बताएका छन् । जिल्लामा दुई अस्पताल, १८ स्वास्थ्य चौकी र दर्जनौँ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन् । करिब ४३ हजार यहाँका बासिन्दालाई यी स्वास्थ्य संस्थाले सेवा प्रदान गरिरहेका छन् ।
यो पनि – इटालीमा भएको जहाज दुर्घटनामा आठको मृत्यु
१८ असोज (रासस÷सिन्हवा) ः इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान व्यक्तिगत र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो ।
उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ ।सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ । यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ । प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया