न्यायपालिकासँग जोडेर भ्रामक समाचार नलेख्न सर्वोच्चको आग्रह

न्यायपालिकासँग जोडेर भ्रामक समाचार नलेख्न सर्वोच्चको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वोच्च अदालतले न्यायपालिकासँग सम्बन्धित समाचार प्रकाशन गर्दा सत्यतथ्य बुझेर आधिकारिता पुष्टि भएपछि मात्र प्रकाशन गर्न आग्रह गरेको छ ।मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीश सङ्लग्नता भन्ने विषयमा समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदै अदालतले उक्त आग्रह गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषय प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन गरेकोप्रति दुःख व्यक्त गरिएको छ ।

“प्रधानन्यायाधीशले नेपालको संविधान बमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ”, विज्ञप्तिमा उल्लेख छ, “सर्वोच्च अदालतको अमुक फैसलाका सन्दर्भ जोडी यसप्रकारका समाचार आउनु अदालतप्रति जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायबाहेक अरु केही हुन सक्दैन ।”

नेपालको संविधान बमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशीलताका साथ क्रियाशील रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लान्छित गर्नु दुःखद् अवस्था भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयको बाँडफाँटको विषयमा प्रधानन्यायाधीशले भाग खोजेको भन्ने समाचार शनिबार विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको थियो ।

यो पनि- मुख्यमन्त्री र बेलायती विशेष दूतबीच भेटवार्ता

कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका शिक्षा र महिला सशक्तिकरणका विषयमा छलफल भएको भएको थियो । सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यका साथै विकासमा बेलायती सरकारको सहयोग रहेको र अगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

विशेष दूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासमा आफ्नो सहयोग रहने जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीसँग बेलायती दुतावासका विकास निर्देशक नाथानेल बेभेन, (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफिल्ड, बेलायती दुतावासअन्तरगत रहेको सुसंगतता एकाई (कोहरेन्स युनिट)का कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।