नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किनुभएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँ स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किनुभएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो । वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।
यो पनि – शिक्षण अस्पतालबाट नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालबाट उपचारपछि घर फर्कनुभएको छ ।उहाँका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्कनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नुहुनेछ । यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो ।
यो पनि – खुकुरी प्रहार गरी एक मजदूरको ह.त्या,एक जना घाइते
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्र.हार गरी एकजना मजदूरको ह.त्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका छन् । वडा नं ३ बेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासीस्थित सुस्ताका अवधेश चमारको खुकुरी प्र.हारबाट मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।
गएराति ११ बजे सोही उद्योगमा कार्यरत भारतीय मजदूर रवि सिंहले खुकुरी प्र.हार गरी गम्भीर घाइते भएका अवधेशलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । सिंहले खु.कुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि- विजको ह.त्या आरोपमा दुई जना पक्राउ
बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको ह.त्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको ह.त्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराउनुभएको थियो । किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।
युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।
प्रहरी दिवसका अवसरमा वृक्षरोपण र मास्क वितरण
असोज २० गते रहेको ६६औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा बैतडीमा आइतबार प्रहरीले वृक्षरोपण र मास्क वितरण गरेको छ । दिवसको अवसरमा कार्यालय परिसरभित्र विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा गरी १६५ विरुवा रोपण गरिएको हो ।
वृक्षरोपणमा बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पाललगायत प्रहरी अधिकृत र कर्मचारी सहभागी रहेका थिए । जिल्लाका अन्य प्रहरी युनिटले पनी आ–आफ्नो कार्यालय परिसरभित्र वृक्षरोपण गरेको प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । एक प्रहरी एक वृक्षरोपणअन्तर्गत वृक्षरोपण गरिएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय बैतडी र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गोठलापानी बजारमा मास्क वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा बजारमा बिना मास्क हिँडडुुल गरिरहेका ३०० नागरिकलाई मास्क वितरण गरी सम्झाइबुझाइ गरी पठाएको बताइएको छ । ‘नेपाल माक्स अभियान’ अन्तर्गत ‘तपाईको माक्स खै’कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय पाटनले पनि २०० थान माक्स वितरण गरेको छ । दसैँतिहारको समयमा भीडभाड बढी हुने भएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया