अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधनको भाडामा छुट हुनुपर्छ

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधनको भाडामा छुट हुनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अपाङ्गता भएका व्यक्तिलाई कानूनअनुसार सार्वजनिक यातायातको आरक्षित सिट र भाडामा छुट उपलब्ध गराउनुपर्ने सरोकारवालाहरुले आज माग गरेका छन् । उहाँहरुले कानूनमा आएको कुरा कार्यान्वयन हुनुपर्छ भन्दै सरकारले अपाङ्गताहरुलाई उच्च शिक्षा अध्ययनका विशेष व्यवस्था गर्न सुझाव दिनुभयो ।कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन ललितपुरद्वारा प्रदेश नं १ स्तरीय सरोकारवालाहरुसँग अपाङ्गसम्बन्धी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनियमहरुको कार्यान्वयनको अवस्था चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले तीन तहको सरकारले अपाङ्गहरुलाई स्वआर्जन, जीवनोपयोगी सीप र तालिमका लागि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गा भण्डारी, जिल्ला शिक्षा शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टङ्क गौतम र कोसिस परियोजना प्रदेश संयोजक राजेन्द्रकुमार यादवले सबै किसिमका भौतिक संरचना निर्माण अपाङ्ग मैत्री हुनुपर्ने, सार्वजनिक संस्थामा साङ्केतिक भाषा ज्ञान भएका एकजनाको नियुक्ति हुनुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ कार्यपत्र र सदस्य सञ्जयराज न्यौपानेले मनोसामाजिक अपाङ्गतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रदेशमा करिब एक लाख अपाङ्ग भएका व्यक्तिहरु रहेका छन् ।

यो पनि – असहाय तथा विपन्नको हित गर्नु पुण्य कार्य : प्रदेशप्रमुख गुरुङ

गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले समाजका विपन्न तथा असहाय वर्गको हितमा लाग्नु नै सबैभन्दा महत्वपूर्ण पुण्य कार्य हुने बताउनुभएको छ । पोखरा महानगरपालिका–२० भलाम डाँडागाउँ टोल विकास संस्थाको पाँचौँ साधारणसभा तथा युके समाजद्वारा उपलब्ध गराइएको राहत वितरण कार्यक्रममा उहाँले प्रत्येक व्यक्तिले आप्mनो आयआर्जको केही रकम समाजको उत्थानमा लगाउनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितिमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले त्यस्ता सहयोगको पूर्णरूपमा सदुपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।प्रदेशप्रमुख गुरुङले भन्नुभयो, “नेपालीहरुले विदेशबाट सिकेको सीप र ज्ञानलाई मुलुकको विकासमा लगाउनु पर्दछ ।” जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्नेमा जोड दिँदै प्रमुख गुरुङले प्राप्त अधिकारको रक्षासँगै उपयोग गर्दै आर्थिक समृद्धिमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा उहाँले समाजद्वारा प्रकाशित डाँडागाउँको परिचय दिने गरी प्रकाशित स्मारिकाको विमोचनसहित युके समाजद्वारा उपलब्ध गराइएको रु एक लाख ५० नौजना बाढीपहिरो पीडितलाई वितरण गर्नुभएको थियो ।समाजले डाँडागाउँ समाजको विकासका लागि रु दुई लाख आठ हजारसमेत सहयोग गरेको युके समाजका प्रतिनिधि बुद्धिमान गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले युके समाजले बाढीपीडितलाई दुःखको अवस्थामा गरेको सहयोगको सराहना गर्दै वडाको विकासमा सबैको साथ र सहयोग रहँदै आएको विचार व्यक्त गर्नुभयो । टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, राजनीतिक तथा समाजिक व्यक्तित्व दीपक गुरुङ, तोरणबहादुर गुरुङ, लुमबहादुर गुरुङलगायतले समाजको विकासका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।