इजरायली राष्ट्रपति इसहाक हर्जोग मङ्गलबार युक्रेनको बाबी यार नरसंहारको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्् । उक्त नरसंहार यहुदीको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक हो ।नाजीद्वारा सन् १९४१ सेप्टेम्बर २९ र ३० मा घटाइएको उक्त घटनामा ३३,००० भन्दा बढी मानिस मारिएका थिए । ती मध्ये अधिकांश यहूदी थिए ।
गत जुलाईमा राष्ट्रपति पद सम्हालेका हर्जोगको यो पहिलो राजकीय भ्रमण हो । यद्यपि उनी छिमेकी जोर्डन राजा अब्दुल्लाह द्वितीयसँग वार्ताका लागि भने त्यसतर्फ गएका थिए । र्याभिन ९खोला० जसलाई बाबिन यार पनि भनिन्छ, त्यहाँ ३३००० जनालाई सामूहिक मृत्युदण्ड दिइएको थियो ।मृत्युदण्डको बीभत्स दृश्यस्थलका रूपमा परिचित त्यसस्थलमा यहूदी, रोमा, र सोभियत युद्ध कैदीसहित १००,००० मानिस मारिएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो यहूदी वंशका हुन् उनले हर्जोगलाई उक्त समारोहमा आमन्त्रित गरेका थिए । गत हप्ता बाबी यारको भ्रमणको क्रममा उनले त्यहाँको त्रासदी कहिल्यै दोहोरिनु हुँदैन भनेका थिए । उनले भनेका थिए यस्तो त्रासदी युक्रेनमा छैन । युरोपमा कहीं पनि छैन । संसारमा कहीं छैन ।
यो पनि – अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले
१९ असोज (रासस÷सिन्ह्वा) ः अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् ।
उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकहरुले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए ।
यो पनि – सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे
तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्।अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।
अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, “ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।”काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारहरूलाई सानो-सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो। तालिबानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए। तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए ।



प्रतिक्रिया