अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा आउने विद्यार्थी, कर्मचारी तथा सेवाग्राहीलाई समस्या भएको हो । दैनिक १०औँ हजार मानिस हिँड्डुल गर्नुपर्ने त्यस क्षेत्रमा अध्ययन नगरीकन वडाले जथाभावी सडक भत्काएकाले समस्या भएको छ । वडाले स्थानीय उपभोक्ता समितिसँग समन्वय नगरी डोजर सञ्चालन गरेकाले सडक वरपरका घर तथा कम्पाउन्ड थर्केका र केही चर्केका छन् भने स्थानीयवासीका खानेपानीका पाइप भाँचिएका छन् । पाइपलाइन भाँचिएपछि खानेपानी सेवा अवरुद्ध भएकाले पनि स्थानीवासीलाई थप समस्या भएको छ ।
वडाले त्यस क्षेत्रको प्राविधिक रुपमा विस्तृत अध्ययन नगरीकन डोजर चलाएपछि स्थानीयवासीद्वय डम्बर थापा र विदुर श्रेष्ठको हाल बनाइएको ढलको संरचना पनि भत्किएको छ ।

त्यसैगरी किशोर गौतमको पर्खाल चर्किएको छ भने प्रयोग भइरहेको खानेपानीको ट्याङ्कीमा ढल पस्न सक्ने सम्भावना देखिएको छ । स्थानीय क्षेत्रमा बिग्रिएका संरचना तथा फुटेका ढलले दुर्गन्ध फैलनाका साथैे वर्सादले पैदल यात्रु हिलाम्य सडकमा चिप्लिने र लड्ने जोखिम बढेको छ । सवारी साधन गन्तव्यमा पुग्न नसकेर फर्काएर जान सक्ने अवस्था छैन ।  वडा सदस्य रश्मी खड्काले स्थानीयवासीका बिग्रिएका संरचना चाँडो निर्माण गरिने बताउनुभयो । वडाका इन्जिनियर कवीन्द्र मुनिकारले प्राविधिकरुपमा गहिरो अध्ययन नभएको स्वीकार्दै समस्या समाधानका लागि पहल भइरहेको छ भन्नुभयो ।

यो पनि – न्याय खोज्दै पैदल यात्रामा

महिलामाथि भएको घरेलु हिं.सामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबारको यात्रामा हुनुहन्छ । उण्डाइसौैँ दिनको यात्रामा धादिङको गल्छीबाट २०७८ असोज १९ गते काठमाडाँैतर्फ लागेका अधिकारकर्मीले घरेलु हिं.सामा परी एक महिलाको ह.त्या भएकोले पीडितपक्षलाई न्याय र आरोपीलाई कारबाहीका लागि दबाब दवाब दिन पैदलयात्रामा रहेको बताएका छन् ।

बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिं.साका कारण ह.त्या भएको मृतकको माइती पक्षको आरोप छ । बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आ.त्मह.त्या गरेकामा अनुसन्धानबाट घरेलु हिं.सा भएको देखिए आ.त्मह.त्या दु.रुत्साहन अन्तर्गत कारबाही गर्र्नुपर्ने बताएको थियो । महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दा अन्तर्गत जाहेरी ल्याएका कारण पीडितपक्षको माग बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनलाई अ.पहरपछि बेपत्ता पारिएकाले अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । लामो समय अघिदेखि निर्मला कुर्मी हराएकोले उहाँको जग्गा जमिनसमेत सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा व्यक्तिको नाममा दर्ता गराइएका कारण घटना रहस्यमय भएकाले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जिल्लामा प्रहरीले चासो नदिएको आरोप लागाउँदै पीडितपक्ष र महिला अधिकारकर्मीसमेत सिंहदरबार पुगेर माग सम्बोधन गाराउन पैदल यात्रामा आएको महिला अधिकारकर्मी रुबी खानले बताउनुभयो । अ.पहरण सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालमा २०७७ मङ्सिर १६ गते दर्ता गराइएको थियो । मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ थियो ।

पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन् । उण्डाइस दिनदेखि हिँडेका कारण खुट्टा सुन्निएको तथा लामो यात्राको क्रममा पीडित परिवार र अधिकारकर्मीलाई पैदल यात्रामा सकस भएको देखिन्छ । महिलामाथि भएका हिं.साका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला नै जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकाले मानवअधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागिएको महिला अधिकारकर्मी खानको भनाइ थियो ।