प्रदेश नं १ मा १९२ मा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा १९२ मा कोरोना सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ७०७ को पीसीआर परीक्षण गर्दा १३२ र ३१८ को एन्टिजेन परीक्षण गर्दा ६० को रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३ मध्ये विराटनगरमा ४१ सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १०३ महिलासहित १८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमित, एक हजार ११४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,१८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,५८२ पीसीआर  र४४६० एन्टीजेन परीक्षणमा ९६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९२  हजार ४५८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ७१ हजार ३३८  पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि – भारतमा कोभिडका थप १८ हजार ३४६ जना सङ्क्रमित

नयाँदिल्ली, १९ असोज (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ ।

यो पनि – बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित

१९ असोज (रासस÷सिन्ह्वा) ः बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको छ । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् ।

यो पनि – अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

१९ असोज (रासस÷सिन्ह्वा) ः अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् ।

उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकहरुले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए ।