२० असोज (रासस÷एएफपी) ः फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् ।यस विषयमा सवै जानकारी भएता पनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताएकी छिन् । फेसबुकका प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हवगनले कम्पनीका गोप्य कुराहरू चुहाएकी बताइएको छ । उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिएकी दिइन् ।
यता फेसबुकले भने हवगनले आफूलाई ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्नो सुरक्षा गरेको छ । तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ । मङ्गलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकै ठाउँमा देखिएका थिए ।
यो पनि – फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता
२० असोज (रासस÷सिन्ह्वा) ः फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिनु भएको हो ।
उहाँले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको जनाइएको छ ।आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँ इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित हुनुभएको थियो । उहाँका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुभएको थियो । उहाँको निधन १९८९ मा भएको थियो ।
मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटर समेत हुनुभएको थियो । सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ । भावी राष्ट्रपतिका लागि उहाँसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्ताको समय यही अक्टोबरको ८ तारिखसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।



प्रतिक्रिया