फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२० असोज (रासस÷सिन्ह्वा) ः फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिनु भएको हो ।

उहाँले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको जनाइएको छ ।आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँ इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित हुनुभएको थियो । उहाँका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुभएको थियो । उहाँको निधन १९८९ मा भएको थियो ।

मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटर समेत हुनुभएको थियो । सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ । भावी राष्ट्रपतिका लागि उहाँसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्ताको समय यही अक्टोबरको ८ तारिखसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो पनि – विगतका तालिबानी कडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै

दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् । एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन सायोजनको परिदृष्य हो ।

पूर्ववर्ती अस्रफ घानीकोसरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । न्यायप्रणाली अत्यन्त लामो र खर्चिलो थियो। दुई दशक लामो सैन्य विद्रोहले तत्कालीन सत्तामाथि विजय प्राप्त गरेर शासनको बागडोर आफ्नो हातमा लिएपछि तत्कालीन विद्रोही तालीबानीहरूले कानूनविहीन अराजकताको स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ। यसै सन्दर्भमा तत्कालीन विद्रोहीहरू अहिले हातमा एके ४७ राइफल र एम १६ एस लिएर सडकमा गस्तीमा व्यस्त देखिन्छन् । यी नवसैनिकशङ्कास्पद अपराधीहरूलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । आदेश नमान्ने र अटेर गर्नेहरूलाई लखेटिरहेका हुन्छन् । अहिले उनीहरू शान्ति स्थापना गर्न लागिपरिरहेका जस्तो देखिन्छन् यद्यपि यो कार्य आफैमा जटिल छ नयाँ सरकार देशमा न्यायप्रणालीलाई छिटो छरितो बनाउन गृहकार्यमा जुटेको छ। उनीहरू इस्लाम धर्ममा आधारित सरिया कानूनलाई व्यवस्थित गर्न जुटिरहेका छन् ।