विगतका तालिबानी कडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै

विगतका तालिबानी कडाकु काबुलका शहरमा सैन्य गस्ती गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् । एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन सायोजनको परिदृष्य हो ।

पूर्ववर्ती अस्रफ घानीकोसरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । न्यायप्रणाली अत्यन्त लामो र खर्चिलो थियो। दुई दशक लामो सैन्य विद्रोहले तत्कालीन सत्तामाथि विजय प्राप्त गरेर शासनको बागडोर आफ्नो हातमा लिएपछि तत्कालीन विद्रोही तालीबानीहरूले कानूनविहीन अराजकताको स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ। यसै सन्दर्भमा तत्कालीन विद्रोहीहरू अहिले हातमा एके ४७ राइफल र एम १६ एस लिएर सडकमा गस्तीमा व्यस्त देखिन्छन् । यी नवसैनिकशङ्कास्पद अपराधीहरूलाई नियन्त्रणमा लिइरहेका हुन्छन् । आदेश नमान्ने र अटेर गर्नेहरूलाई लखेटिरहेका हुन्छन् । अहिले उनीहरू शान्ति स्थापना गर्न लागिपरिरहेका जस्तो देखिन्छन् यद्यपि यो कार्य आफैमा जटिल छ । नयाँ सरकार देशमा न्यायप्रणालीलाई छिटो छरितो बनाउन गृहकार्यमा जुटेको छ। उनीहरू इस्लाम धर्ममा आधारित सरिया कानूनलाई व्यवस्थित गर्न जुटिरहेका छन् ।

यो पनि-भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या झण्डै सात महिना पछिकै सवैभन्दा थोरै

२० असोज ९रासस÷एएनआई० ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।
सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सवैभन्दा धेरै रहेको थियो ।