अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए । निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ । पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।

यो पनि – फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु¥याउने र प्रजातन्त्रलाई कमजोर बनाउने

२० असोज (रासस÷एएफपी) ः फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् ।यस विषयमा सवै जानकारी भएता पनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताएकी छिन् । फेसबुकका प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हवगनले कम्पनीका गोप्य कुराहरू चुहाएकी बताइएको छ । उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिएकी दिइन् ।

यता फेसबुकले भने हवगनले आफूलाई ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्नो सुरक्षा गरेको छ । तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ । मङ्गलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकै ठाउँमा देखिएका थिए ।

यो पनि – फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

२० असोज (रासस÷सिन्ह्वा) ः फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ । पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिनु भएको हो ।

उहाँले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको जनाइएको छ ।आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँ इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित हुनुभएको थियो । उहाँका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुभएको थियो । उहाँको निधन १९८९ मा भएको थियो ।

मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटर समेत हुनुभएको थियो । सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ । भावी राष्ट्रपतिका लागि उहाँसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्ताको समय यही अक्टोबरको ८ तारिखसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।