गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९३ जना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका ५७ जना, स्याङ्जाका १५ जना, लमजुङ र गोरखाका छ÷छ जना, नवलपरासी पूर्वका पाँच र तनहुँका चार जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमित एक हजार ४३ जना छन् भने होम आइसोलेशनमा ८९७ जना रहेका छन् ।
अद्यावधिक विवरणअनुसार प्रदेशमा कूल सङ्क्रमित ८६ हजार १८१ छन् भने हालसम्म निको हुनेको सङ्ख्या ८३ हजार ७६६ रहेको छ । सङ्क्रमणका कारण प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
यो पनि – पछिल्लो २४ घण्टामा थप १०४३ जनामा कोरोना संक्रमित, १२ जनाको मृत्यु
काठमाडौं,२० असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११,१६५ पीसीआर र ४३०० एन्टीजेन परीक्षणमा १०४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९२ हजार ६५२ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि – रुसमा कोरोनाबाट एकैदिनमा ९०० भन्दा बढीको मृत्यु
२० असोज (रासस÷एएफपी) ः रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ ।
कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ ।



प्रतिक्रिया