गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गरानुभएको थियो । सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पु¥याएको थियो । सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।
यो पनि -दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पु¥याउनेः मुख्यमन्त्री आचार्य
प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको हुँदा यसबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।
दसँंैले विभिन्न जातजाति, भाषा, धर्म एवम् सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भातृत्व कायम गर्न सकोस् भन्दै उहाँले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।
यो पनि – भरतपुरमा एक वडा एक स्वास्थ्य केन्द्र सेवा विस्तार
चितवन, २१ असोज (रासस) ः पछिल्लो समय भरतपुर महानगरभित्रका सबै वडामा स्वास्थ्य सेवा विस्तार गरिएकोे छ । ‘मेडिकलहब’का रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय २९ वडाका ३९ स्वास्थ्य केन्द्र सञ्चालित छन् । सङ्घीयस्तरको भरतपुर, बिपी कोइराला मेमामेरियल क्यान्सर र भरतपुर आँखा अस्पताल सहित दुई मेडिकल कलेज, दुई दर्जन हाराहारी निजी अस्पतालले सेवा प्रदान गरेका छन् ।
महानगरले १३ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ । यी स्वास्थ्य सस्थामा आठ चिकित्सकसहित २०० हाराहारी स्वास्थ्यकर्मी कार्यरत छन् । सामान्य अवस्थाको उपचार सेवा महानगरवासीले गाउँमा नै पाउने गरेका छन् ।
महानगरमा १९ स्वास्थ्य केन्द्र स्थानीयस्तरबाट जनशक्ति परिचालन गरी सञ्चालन गरिएको छ । भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था गरिँदै आइएको छ । यसबाट वार्षिकरूपमा दुई लाख जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् । महानगरले यसका लागि वार्षिक रु ६० लाख खर्च गर्दै आएको छ ।
गर्भवतीलाई अस्पताल लैजान आवश्यक पर्ने एम्बुलेन्सको शुल्क महानगरले भुक्तानी गर्दै आएको छ । महानगरले शिवनगर र शारदानगरमा कोभिड आइसोलेशन बनाएर चिकित्सकसहित सेवा दिँदै आएको छ । शिवनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी भिडियो एक्सरे र डिजिटल एक्सरेसहितको १५ शय्याको कोभिड अस्पताल बनाइएको छ साथै दिगोपनका लागि भवन निर्माण, मर्मत तथा विस्तार गरी आवश्यक पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।
यसैगरी शारदानगरमा १५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालको स्तरोन्नति र निरन्तरताका लागि आवश्यक कानुनी, आर्थिक र भौतिक संरचनाका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आवश्यक विश्लेषणसहित पत्राचार गरिएको छ । महानगरभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गर्दै पहिलोपटक चाडबाड खर्चसमेत प्रदान गर्न सुरुआत गरिएको छ । दीर्घकालीन सेवा गरेका ३७ स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गरेर बिदाइ गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण अभियान सुरु गरिएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।
महानगरले कोभिडको समयमा उपचारका लागि उद्योग सङ्घको प्रदर्शनी केन्द्र र बागेश्वरीमा अस्थायी अस्पताल स्थापना गरी उपचार गरेको थियो । हाल सोही प्रयोगशालामा कोभिड परीक्षण भइरहेको छ ।कोभिडकै समयमा ४८ क्वारेन्टिन स्थापना र वडा वडाबाट स्वाब सङ्कलनसमेत गरिएको थियो । महानगरले कोभिडबाट मृत्यु भएपछि शव व्यवस्थापनका लागि निःशुल्क शववाहन र अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउँदै आएको छ । महानगरमा दाताहरुबाट प्राप्त स्वास्थ्य सामग्री र महानगर स्वयंले खरिद गरी गुणस्तरीय सेवामा प्रोत्साहन पुगोस् भन्नका लागि मातहतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको छ ।
महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीका अनुसार महानगरपालिकालाई पूर्ण खोप महानगर घोषणा गरिएको छ । महानगर मातहतका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत चार विद्यालयमा प्रदेश सरकारका समन्वयमा कार्यक्रम सुरुआत भएको र थप विद्यालयका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । महानगरले सुत्केरीलाई निःशुल्क झुल वितरण गर्दै आएको छ भने क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमको सुरुआत गरेको छ ।
महानगरले आफ्नै जनस्वास्थ्य ऐन २०७७ निर्माण तथा प्रमाणीकरण गरी कार्यान्वयन गरेको छ । महानगरमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यविधि २०७६, दीर्घकालीन सेवामा रहेका महिला स्वयंसेविकाको सम्मानजनक बिदाइ कार्यविधि २०७७, स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि २०७७ निर्माण गरिएको छ ।
महानगरको पहलमा गैरआवासीय नेपाली महासङ्घसँग समन्वय गरेर रेडक्रस सोसाइटी चितवनलाई अत्याधुनिक रगत सङ्कलन बस हस्तान्तरण गरिएको छ । महानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका अनुसार गरिब, अतिविपन्न तथा पिछडिएका वर्गलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने उद्देश्यका साथ यस वर्ष बजेट विनियोजन गरिएको छ । महानगरपालिकाको वडा नं १५ मा ५० शय्याको आयुर्वेदिक अस्पताल स्थापनाका लागि प्रदेश सरकारसँग आवश्यक प्रक्रिया अघि बढाइएको सुवेदीले जानकारी दिनुभयो । महानगरमा सहरी क्षेत्रमा सुविधासम्पन्न अस्पताल थपिँदै गएको भए पनि महानगरले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याएको हो ।



प्रतिक्रिया