सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् ः अर्थमन्त्री शर्मा

सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् ः अर्थमन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव तथा साधारणसभामा उहाँले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने उहाँको भनाइ छ । “समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ । सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो”, उहाँले भन्नुभयो । हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् र सरकारका कार्यक्रमलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् भन्ने आफूहरुको चाहना रहेको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्रीले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्याङ्कबाट देखिएको भन्दै त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्ने स्पष्ट पार्नुभयो । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उहाँको भनाइ थियो । सहकारीले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जानकारी दिँदै उहाँले ती संस्थाले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा त्यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

जनतासँग भएको पैसा सहकारीले सङ्कलन गरेर लगानी गर्न पाउने भन्दै उहाँले यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ भन्नेमा आफू रहेको बताउनुभयो । त्यसका लागि कार्यविधि तयार भइरहेको जानकारी दिँदै उहाँले त्यसबाट अर्बौं बराबरको लगानी उत्पादनमूलक क्षेत्रमा जाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् । गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ । तर त्यस्तो गलत क्रियाकलापलाई निमन गर्ने निकाय खासगरी यहाँ रहेनछ ।”

यो पनि – राप्रपा बैतडीको अध्यक्ष भट्ट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा आज सम्पन्न अधिवेशनबाट इन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो । पैँसठ्ठी सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पद भने पछि तोकिने.छन् । राप्रपा बैतडीको प्रदेश ‘क’ को अध्यक्षमा रणबहादुर विष्ट र ‘ख’ को अध्यक्षमा अशोकबहादुर साउद चयन हुनुभएको छ । यसैगरी बैतडीका १० स्थानीय तहमा पनि राप्रपाले सङ्गठन विस्तार गरेको जनाएको छ ।

यस्तै राप्रपा विद्यार्थी सङ्गठन पनि गठन गरिएको छ । रोहित चन्दको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठन पनि गठन गरिएको छ । प्रकाशचन्द्र भट्टको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्गठनलाई बलियो बनाउन आफूले सङ्गठन विस्तारमा जोड दिने बताउनुभयो । अधिवेशनमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्चस्तरीय केन्द्रीय सम्पादन समिति सदस्य गणेशबहादुर विष्ट, राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतको सहभागिता रहेको थियो ।