काठमाडौं,२० असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७२६४ पीसीआर र ३४०८ एन्टीजेन परीक्षणमा ८०५जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ८ लाख २८२ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९२ हजार ७९० पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि – बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकै दिन करिब ४० हजार सङ्क्रमित
२१ असोज (रासस÷सिन्ह्वा) ः बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
यहाँका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताउनुभएको छ । उहाँले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गर्नुभएको छ ।
यो पनि -इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन ः महासचिव गुटेर्रेस
२१ असोज (रासस ÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभएको थियो– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाइ देश निकाला गरेको छ । इथियोपियाले हालैमात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो । इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए ।
यो पनि – फिलिपिन्सका उपराष्ट्रपति आगामी निर्वाचनमाराष्ट्रपतिमा उठ्ने
फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् । यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछिउमेद्वारी घोषणा गरेकी हुन् ।
रोब्रेडोले यसअघि भनेकी थिइन् – उनी चुनाव लड्ने निर्णय गर्न सक्छिन् यदि पूर्व सिनेटर फर्डिनान्ड “बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार बनेको अवस्थामा । मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतलेपराजित गरेकी थिइन् । बुधबार बोङबोङले राष्ट्रपतिको उमेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनका विरुद्ध चुनाब लड्ने घोषणा गरेकी छिन् । फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ।
यो पनि – अफगानिस्तानमा भएको विष्फोटमा १ को मृत्यु, १७ घाइते
अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो।उक्त विष्फोटनमा एक जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् । उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।



प्रतिक्रिया