कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणक पठाउन माग गरेको छ ।  अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गर्नुभएको हो । सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ ।

सङ्गठनले दसैँ, तिहार र छठ जस्ता ठूला पर्वको मुखमा भइरहेको कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न र तत्काल संयन्त्र बनाई काम सुरु गर्न सरकारसमक्ष आग्रह गरेको छ । हालै सार्वजनिक यातायातमा वृद्धि गरेको ३५ प्रतिशत भाडादर वृद्धिले सर्वसाधारण अत्यन्तै मर्कामा परेको भन्दै उक्त भाडादर घटाउनुपर्ने माग गरिएको छ ।

यो पनि – कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।” १२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ ।

यो पनि – सभापतिमा उम्मेदवारी दिन्छु ः कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।

विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भन्नुभयो, “अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?” उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । नेता सिंहले पार्टीमा गुटउपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउँदै १४औँ महाधिवेशनपछि जनताले खोजेजस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गर्नुभयो ।आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उहाँले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।