कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले यहाँ आज आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गर्नुभयो । त्यसैगरी मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, रामराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गर्नुभयो । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो ।

उहाँले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पु¥याउनका निम्ति भएका ऐन÷कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गर्नुभयो । रासस
यो पनि – व्याडमिन्टनको उपाधि चन्द र पन्तको जोडीलाई
महेन्द्रनगर, २१ असोज (रासस) ःदसैँ र तिहारका अवसरमा कञ्चनपुरमा आयोजित जिल्लास्तरीय सिनियर डवल्स व्याडमिन्टन प्रतियोगिताको उपाधि लक्ष्मण चन्द र भोजराज पन्तको जोडीले जितेको छ ।कञ्चनपुर जिल्ला व्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको बिहीबार साँझ फाइनल खेलमा दिलबहादुर धामी र पवन सिंहको जोडीलाई सोझो सेटमा पराजित गर्दै चन्द र पन्तको जोडीले उपाधि जितेको हो ।
उपाधि विजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पुरस्कृत गर्नुभयो । जुनियर एकलतर्फ प्रकाश चन्दले उपाधि जितेका छन् । फाइनल खेलमा चन्दले सौरभ बमलाई सोझो सेटले पराजित गरेका थिए । विजेता चन्द रु पाँच हजार र ¥याकेटसहित पुरस्कृत भएका छन् भने उपविजेता बमले रु तीन हजारसहित पुरस्कृत भए ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले चालु बर्षभित्रै कञ्चनपुरमा बहुउद्देश्यीय कवर्डहलको निर्माण सुरु हुने बताउनुभयो । “अहिले डिपीआर बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।उहाँले कोभिडका कारण खेल क्षेत्रको बजेट प्रदेश सरकारले अन्यत्र सार्नु परेकाले खेलकुद क्षेत्र यहाँ ओझेलमा परेजस्तो देखिएको बताउनुभयो । उहाँले सुदूरपश्चिमका विभिन्न जिल्लामा खेल संरचना निर्माण तथा प्रतियोगिता सञ्चालनमा प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, व्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतको सहभागिता थियो । गत असोज १६ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियरतर्फ जिल्लाभरबाट ५८ टिम र जुनियरतर्फ २२ जनाको सहभागिता रहेको प्रतियोगिताका संयोजक कञ्चनपुर व्याडमिन्टन सङ्घका उपाध्यक्ष शेरबहादुर सिंहले जानकारी दिनुभयो ।



प्रतिक्रिया