विषाक्त मदिराका कारण रुसमा १४ जनाको मृत्यु

विषाक्त मदिराका कारण रुसमा १४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२२ असोज (रासस÷एएफपी) ः विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसक्नु भएको छ । ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ ।

यो पनि – ब.न्दुकधारीद्धारा १० गाउँलेको ह.त्या, ११ जना गम्भीर घाइते

२२ असोज (रासस ÷सिन्ह्वा) ः नाइजेरियाको एक गाउँमा अज्ञात ब.न्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको ह.त्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गो.ली प्र.हार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो । उक्त गाउँमा बुधबार राति सो हत्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन् । उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा ब.न्दुकधारीहरुले दुःखद घटना गरेका बताएका छन् । उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले ह.मला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको र त्यस ह.त्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् ।

यो पनि – मालीमा भएको आ.तङ्ककारी ह.मलामा कम्तीमा सोह्र जना सैनिकको मृत्यु

२२ असोज (रासस÷सिन्ह्वा) ः मालीमा यहाँका आ.तंककारीहरुले गरेको आ.क्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आ.तंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ ।

मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आ.तंककारीहरुले गरेको ह.मलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।   आ.क्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आ.क्रमणबाट मा.रिनको संख्या अझ बढ्न सक्ने जनाएको छ ।

यो पनि – विश्व स्वास्थ्य संगठनद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

२२ असोज (रासस÷सिन्ह्वा) ः विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराउनुभएको हो । उहाँले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ । उहाँले बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गर्नुभएको छ ।