अफगानिस्तानको कुन्दुजमा भएको मस्जिद विस्फोटनमा कम्तीमा १८ जनाको मृत्यु

अफगानिस्तानको कुन्दुजमा भएको मस्जिद विस्फोटनमा कम्तीमा १८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको राजधानी शहरमा शुक्रबार प्रार्थना भइरहेको समय एक मस्जिदमा बम आ.क्रमण हुँदा कम्तीमा १८ जना भक्तालुको मृत्यु हुनुका साथै अन्य ५० भन्दा बढी घाइते भएका प्रान्तीय स्रोतले पुष्टि गरेको छ । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने, “शिया धर्मावलम्बीहरूको मस्जिदमा स्थानीय समय अनुसार शुक्रबार दिउसो २ः०० बजे विस्फोट भएको र उक्त घटनामा प्रार्थनाका लागि भेला भएका केही भक्तालुको मृत्यु भएको केही घाइते भएका छन् ।

सावधानीका लागि शहरको सैयद अबाद मस्जदको वरपर तालिबान सुरक्षा बलले घेरा हाली अनुसन्धान सुरु गरेको छ, उनले भने । घटनाको प्रकृति हेर्दा आ.त्मघाती बम वि.ष्फोट हुनसक्ने प्रत्यक्षदर्शी स्थानीयबासीले बताएका छन् । मुजाहिदले घटनास्थलको सुरक्षास्थिति कडा पारिएको बताउँदै भने, “अफगानिस्तानको इस्लामिक इमिरेट्सका मुजाहिद्दीनका विशेष बलहरू उक्त स्थानमा छन् । उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।”

यसैबीच प्रान्तीय स्वास्थ्य निर्देशनालयका उप–प्रमुख मौलवी हकनावाजले सिन्ह्वासँग १८ जनाको मृत्यु भएको र ५० जना भन्दा बढी घाइते भएको बताउनुभयो ।ज्यान गुमाउनेको सङ्ख्या थप बढ्न सक्ने उनले बताए । यस आक्रमणको लागि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी दाबी गरेको छैन । अगस्टको मध्यतिर तालिबानको कब्जा भएदेखि अफगानिस्तानभरि सुरक्षा स्थिति सामान्यतया शान्त तर अनिश्चित रहेको छ ।

तथापि, हालैका हप्ताहरूमा पूर्वी नानगाहर प्रान्तको राजधानी काबुल र जलालाबाद शहरमा इस्लामी राज्य (आइएस) सम्बद्ध समूहहरूले बम आक्रमण गरेका थिए । आइतबार काबुलको एक मस्जिद बाहिर भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए जसका लागि आइएस समूहले जिम्मेवारी लिएको थियो ।

यो पनि – पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो

पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो पटक हो । यहाँ बिहीबार थप ९१२ जनामा कोरोना सङ्क्रमण देखिएको सरकारी स्रोतले जानकारी दिएको छ । पाकिस्तानमा गत जुलाई ५ मा ८३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पाकिस्तानमा हालसम्म १२ लाख ५६ हजार २३३ जनालाई कोरोना सङ्क्रण भइसकेको छ ।

कूल सङ्क्रमितमध्ये ११ लाख ८४ हजार ५२७ जना निको भएका छन् । हाल यहाँ ४३ हजार ६४८ जना सक्रिय सङ्क्रमित रहेका र तीमध्ये दुई हजार ७६१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।कोरोना सङ्क्रमणको कारण बिहीबार पाकिस्तानमा २६ जनाको मृत्यु भएको थियो । यसैसँगै यहाँ कोरानाबाट २८ हजार ५८ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । पाकिस्तानको दक्षिण प्रान्त सिन्ध कोरोनाबाट अत्यन्त प्रभावित हो । यहाँ अहिलेसम्म चार लाख ६२ हजार १५५ व्यक्ति कोरोना प्रभावित भएका छन् । यसपछि दोस्रो प्रभावित राज्यका रुपमा पञ्जाव प्रान्त रहेको छ । यहाँ चार लाख ३५ हजार चार जनालाई कोरोना सङ्क्रमण भएको छ ।

यो पनि – भारतमा कोरोनाभाइरसबाट थप २१ हजार सङ्क्रमित

२२ असोज (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।

यो पनि –  विश्व स्वास्थ्य संगठनद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

२२ असोज (रासस÷सिन्ह्वा) ः विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराउनुभएको हो । उहाँले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गर्नुभएको छ ।