पार्टी सङ्गठन बनाउनु कार्यकर्ताको जिम्मेवारी : नेता सिंह

पार्टी सङ्गठन बनाउनु कार्यकर्ताको जिम्मेवारी : नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दसैँको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

“पार्टीलाई संस्थागत, विधिसम्मत रुपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीति मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक विकासको खाँचो रहेको उहाँको भनाइ थियो । पूर्वउपप्रधानन्त्री सिंहले निर्वाचनमा कांग्रेसले जितेको प्रत्यक्षतर्फ २३ सिटमध्ये चार सिट जितेको काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताउनुभयो । राजनीतिमा न्याय हुनुपर्ने नेता सिंहको भनाइ थियो । उहाँले काँग्रेसभित्र पदीय जिम्मेवारी निर्वाहमा सबै लाग्नुपर्ने बताउनुभयो ।

यो पनि – राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई मन्त्री गुरुङको आग्रह

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई आग्रह गर्नुभएको छ । कास्की जिल्ला बक्सिङ सङ्घको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल सङ्घहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले तयारीका लागि रु ५० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को छ । गत वर्ष फागुन अन्तिम साता प्रतियोगिताको मिति तोकिएकामा कोभिड–१९ का कारण स्थगन गरिएको थियो । खेलकुदमन्त्री गुरुङले खेलकुदभित्र राजनीतिकरण गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “खेलकुदभित्र राजनीतिकरण हुनुहुँदैन, सबै अट्नुपर्दछ ।” प्रदेशका सबै जिल्लामा फुटबलबाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल सात÷आठवटा खेलको मात्रै प्रशिक्षक रहेकाले अब तत्कालै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गरिने बताउनुभयो । सङ्घका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोब्स, हेडगार्ड, किक ब्याग, पन्चिङ ब्यागलगायतका सामान आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशको ११वटै जिल्लामा प्रशिक्षक नभएकाले तत्कालै प्रशिक्षण सुरु गर्न अप्ठ्यारो रहेको बताउनुभयो ।