शहीद स्तम्भमा मन्त्रीको माल्यापर्ण

शहीद स्तम्भमा मन्त्रीको माल्यापर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा(माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यापर्ण गर्नुभएको छ । माओवादीले शहीद तथा बेपत्ताको स्मृतिमा पार्टी कार्यालयमा शहीद स्तम्भ निर्माण गरेको छ । माओवादीका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले शहीद स्तम्भमा माल्यापर्ण गर्नुभएको हो ।

उहाँहरूले शहीद स्तम्भमा माल्यापर्ण गर्दै देश र जनताको पक्षमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माओवादीले वर्तमान सरकारमा एक राज्यमन्त्रीसहित पाँच मन्त्री पाएको छ । माओवादीले पाएका मन्त्रालयमध्ये यसपटक महिलालाई ५० प्रतिशतको हिस्सा दिएको छ । माओवादीका तर्फबाट सरकारमा पम्फा भुसालले नेतृत्व गर्नुहुनेभएको छ । माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा भुसाल, अर्थमन्त्रीमा जनार्दन शर्माले जिम्मा पाउनुभएको छ । माओवादीले महिला, जनजाति, आदिवासी र शहीद परिवारलाई राजकीय जिम्मेवारी दिएको छ ।

यो पनि – जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उहाँले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताउनुभएको हो ।

महामन्त्री डा कोइरालाले कांग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताउनुभयो । “काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ”, डा कोइरालाले भन्नुभयो ।

कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “कांग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन”, उहाँले भन्नुभयो । जनतालाई काँग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उहाँको भनाइ थियो । कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताउनुभयो । पार्टीको सिद्धान्त र विचार विपरित कांग्रेस अगाडि बढेको उहाँको भनाइ थियो ।  सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हाँसिल गर्न नसक्ने बताउनुभयो ।

यो पनि – पार्टी सङ्गठन बनाउनु कार्यकर्ताको जिम्मेवारी : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दसैँको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

“पार्टीलाई संस्थागत, विधिसम्मत रुपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीति मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक विकासको खाँचो रहेको उहाँको भनाइ थियो । पूर्वउपप्रधानन्त्री सिंहले निर्वाचनमा कांग्रेसले जितेको प्रत्यक्षतर्फ २३ सिटमध्ये चार सिट जितेको काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताउनुभयो । राजनीतिमा न्याय हुनुपर्ने नेता सिंहको भनाइ थियो । उहाँले काँग्रेसभित्र पदीय जिम्मेवारी निर्वाहमा सबै लाग्नुपर्ने बताउनुभयो ।