नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८.५३ अङ्कले ओरालो लागेर दुई हजार ६६२.५८ मा ओर्लिएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९६ अङ्कले ओरालो लागेर ४९९.७८ मा ओर्लिएको हो ।

नेप्सेका ओरालो यात्रासँगै कारोबार रकमसमेत खुम्चिएको छ । कूल २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २७ अर्ब ५५ करोड २५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । वित्त ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी कोष ०.११ अङ्कले घटेको छ । बैंकिङ ६.३३, व्यापार १४.३७, होटल तथा पर्यटन ५८.४, विकास बैंक ५८.०२, जलविद्यसत् ३३.०५, निर्जीवन बीमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी ०.६१ अङ्कले घटेको छ ।

कारोबारका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु १८ करोड ९३ लाख ४९ हजार ४१५ बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु १८ करोड ३८ लाख ८३ हजार ९०५, नेपाल बङ्गलादेश बैंक रु १५ करोड २७ लाख ३५ हजार ९२६, हिमालयन डिस्टिलरी रु १३ करोड २५ लाख ३९ हजार ३३२ र नबिल बैंक रु ११ करोड ४७ लाख ५५ हजार ८७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मैलुङखोला जलविद्युत् कम्पनी ९.९८, जीवन विकास लघुवित्र ९.५०, महिला लघुवित्त ९.३७, सर्पोट माइक्रोफाइनान्स ७.८०, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.७३ प्रतिशतले कमाए । शिवम् सिमेन्ट ६.४६, माउण्टेन हाइड्रो ६.४४, रिडी हाइड्रोपावर ६.४२, आशा लघुवित्त ५.७५ र सिटिजन बैंकका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाए ।