दाङमा आज एक महिला आफ्नै घरमा मृतावस्थामा फेला

दाङमा आज एक महिला आफ्नै घरमा मृतावस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङमा आज एक महिला आफ्नै घरमा मृतावस्थामा फेला परेकी छन् । राप्ती गाउँपालिका–१ की ३६ वर्षीया देवी गुरुङ आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । मृतकको शव लमही अस्पतालमा परीक्षणपछि आफन्तलाई आज नै जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

यो पनि – चितुवाको आ.क्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

चितुवाको आ.क्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आ.क्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

लामो समयसम्म चितुवाको आ.क्रमण रोकिएको तनहुँमा चितुवा आ.क्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आ.क्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आ.क्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो पनि – बैंक लुटपाटको प्रयास गर्ने तीनजना पक्राउ

मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।