गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताउनुभएको छ ।आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह गर्नुभयो ।
सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो । सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ । सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ ।
सङ्घका प्रमुख संरक्षक डा घलेले भन्नुभयो “सङ्घमा देखिएका समस्या समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ । ” कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताउनुभयो । एनसिसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताउनुभयो । कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले आफ्नो मन्तव्य राखेको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताउनुभयो ।
यो पनि – हकिवका परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस
जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरातमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अध्यक्षमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका–५ का मियाँले गत आइतबार आत्महत्या गरेको बताइएको छ । बैठकले हकिवले आत्महत्या गरेका विषयमा छानबिन गर्ने र कोही दोषी देखिए आवश्यक कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र सामाजिक सद्भाव कायम गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।
मृतक परिवार र प्रशासनबीच सहमतिपछि पीडित परिवारले शव बुझेका छन् । बैठकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोसीका अध्यक्ष अयुव अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका कावा अध्यक्ष पुनमकुमारी मेहता सहभागिता थियो ।
यसैगरी नेपाली कांग्रेसका सुनसरी सचिव केदार भण्डारी, नेकपा (माओवादी केन्द्र)का योगेन्द्रप्रसाद मण्डल (पप्पु), जनता समाजवादीका अध्यक्ष भगिरथ खत्वे, नेकपा (एमाले)का राम कोइराला, नेपाल पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झा, समाजसेवी भुवनेश्वर यादव, मौलाना हारुन खाँ सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापालगायतको पनि सहभागिता थियो ।



प्रतिक्रिया