क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ उपकरण जडान

क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ उपकरण जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लामै पहिलो पटक क्षयरोग भए नभएको पत्ता लगाउने र यस विरूद्ध प्रयोग गरिने औषधिले काम गरेको नगरेको पत्ता लगाउन सकिने उपकरण जडान गरिएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा ‘जीन एक्सपर्ट’ उपकरण जडान गरिएसँगै क्षयरोग पत्ता लगाउन बाहिर जानुपर्ने बाध्यता हटेको हो । राष्ट्रिय क्षयरोग केन्द्र र धनगढीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकको टोलीले जिल्ला अस्पतालमा सो उपकरण जडान गरेका अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । यसअघि क्षयरोगको परीक्षणकै लागि बाहिर जानुपर्ने बाध्यता अब हटेको डा जोशीले बताउनुभयो । क्षयरोग पत्ता लगाउन सङ्कलन गरिएको खकारलाई माइक्रोस्कपबाट हेर्ने गरिए पनि सबै कुरा थाहा हुदैन थियो । उहाँले भन्नुभयो,“ अब भने जीन एक्सपर्ट मेसिन जडान भएसँगै सबै कुरा थाहा हुन्छ ।”

क्षयरोगका बिरामीलाई प्रयोग गरिने रिफाम्पिसिन औषधिले काम गरे नगरेको बारेमा परीक्षण गर्न उक्त उपकरणबाट सहयोग मिल्ने जनाइएको छ । यसअघि यस्ता बिरामीलाई डडेल्धुरा तथा धनगढी पठाउनुपर्ने बाध्यता थियो । जिल्ला अस्पतालमै यो सेवा सुरु भएपछि अब बिरामीलाई पनि सजिलो भएको छ । यस्ता बिरामीले खाएको औषधिले काम गरिरहे पनि छ महिना नियमित रुपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिनासम्म औषधि खुवाउनुपर्ने हुन्थ्यो ।

यो पनि – शक्तिपीठहरुमा भक्तजनको भीड

गलेश्वर,२६ असोज (रासस)ः धौलागिरि क्षेत्रका मठमन्दिर र शक्तिपीठ दुई वर्षपछि पूर्णरुपमा खोलिएका छन् । कोभिड– १९ को महामारीका कारण दुई वर्ष अघिदेखि बन्द भएका यहाँका मठमन्दिर र पर्यटकीयस्थल अहिले कोरोना सङ्क्रमणको दर कम भएकाले पूर्णरुपमा खोलिएका हुन् । दसँैैंको माहोल सुरु भएसँगै म्याग्दीको गलेश्वर शिवालयलगायत विभिन्न ठाउँमा रहेका कोत, देवीका मन्दिर, मुक्तिनाथ, कागबेनी, कालिका र गुप्तेश्वरलगायत मन्दिर र देवालयमा भक्तजनको भीड बढेको छ ।

गण्डकी प्रदेशकै प्रमुख गन्तव्यका रुपमा चिनिने मुक्तिनाथ, गलेश्वर र बागलुङको कालिका भगवती मन्दिरमा दैनिक हजारौँं भक्तजनको भीड लाग्न थालेको छ । धार्मिक र ऐतिहासिक महत्वका यी मन्दिरमा बर्सेनि हजारौं भक्तजनले पूजाआजा गर्ने गर्छन् । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका प्रसिद्ध शक्तिपीठ भएकाले बडादसँै र चैतेदसँैमा हजारौँ भक्तजनको भीड लाग्दै आएकामा कोरोना सङ्क्रमणका कारण गतवर्ष भने धार्मिक पर्यटकको आवागमन हुन सकेन । घटस्थापनाको दिनदेखि नै कालिका मन्दिरमा दैनिक हजारौं भक्तजन आउने भएकाले बागलुङ भगवती गुठी व्यवस्थापन समितिले विशेष तयारीसमेत गरेको छ । भक्तजनका लागि पूजामा सहजीकरण, बलि व्यवस्थापन, यातायातका साधन पार्किङ, सरसफाइ र खानपिनलाई व्यवस्थित तथा सुरक्षित बनाउन विभिन्न तयारी गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

त्यसैगरी मुस्ताङको मुक्तिनाथ मन्दिर र कागबेनीमा पनि भक्तजनको भीड लागेको छ । गतवर्ष कोरोना सङ्क्रमणका कारण कागबेनी र मुक्तिनाथ दर्शनमा जान नपाएका भक्तजन यसवर्ष भने गएका स्थानीय सुशीलबाबु थकालीले जानकारी दिनुभयो ।यस्तै म्याग्दीका विभिन्न कोत तथा शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वर धाममा सोह्रश्राद्धयता दैनिक तीन सयभन्दा बढी भक्तजन आएका गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

प्रशिद्ध धार्मिकस्थल मालिकाको धुरी, गाजने, जगन्नाथ मन्दिर, ज्यामरुककोटको खड्ग भवानी कोत, करवाकेलीलगायत मन्दिर तथा शक्तिपीठमा पनि भक्तजनको भीड बढेको छ भने बागलुङ कालिका भगवती मन्दिरमा प्रत्येक वर्ष बडादसँैंमा छ लाखभन्दा बढी भक्तजन आउने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

“विगतका वर्ष छ लाख बढी नरिवल बिक्री भएकाले त्यतिनै भक्तजन आएको अनुमान गरेका थियौँ, उपस्थिति पनि निकै उत्साहजनक थियो” समितिका अध्यक्ष खड्काले भन्नुभयो, “घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कतिपय दुई तीन पटक पनि दोहोरिएका होलान्, यसवर्ष कोरोनाका कारण बन्द भएको मन्दिर खुलेको धेरै भएको छैन र पनि उल्लेख्य झक्तजन आएको पाएका छौँ ।”धार्मिक विश्वासका कारण आउनेलाई पटक पटक आउने वातावरण बनाउन व्यवस्थापनमा सहजीकरण गरिएकोे उहाँले बताउनुभयो । यस पटक झक्तजनलाई थप सहज गराउनका लागि पूजामा व्यवस्थितरूपले लाइनमा राखिएको र कोरोना सङ्क्रमणबाट जोखिन माक्सलगायत सामग्रीको प्रबन्ध भएको जनाइएको छ ।

त्यस्तै फ्रि वाइफाई, सूचना केन्द्र स्थापनालगायत सुविधा पनि उपलब्ध गराइएकोे छ । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकीदेवी कालीकालाई पनि साथैमा ल्याएकोले उक्त मूर्तिलाई कालीगण्डकी नदी किनारको जङ्गलमा विधिपूर्वक स्थापना गरिएको र त्यसपछि नियमित पूजा भइरहेको किम्बदन्ती छ ।

यस मन्दिरमा पूजा तथा दर्शन गरे सन्तान प्राप्त हुने, शक्ति बढ्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, बुटवल, पोखरा, काठमाडौँ, पाल्पा, स्याङ्जालगायत अन्य क्षेत्रबाट पनि कालिकाको दर्शन गर्न आउने गर्छन् । त्यस्तै भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको अध्यक्ष खड्काले बताउनुभयो । बडादसँैं र चैतेदसँैमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । त्यतिबेला हजारौं भक्तजनले पूजा गर्ने, पञ्चबलि दिने र नाचगान गर्ने चलन छ । यस मन्दिरको चारै दिशामा ढोका भए पनि पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिएको स्थानीय बुढापाकाको भनाइ छ ।