दोलखाको सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

दोलखाको सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो ।

गोरखा–बेनिघाट आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडार भिरमा बलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बेनिघाटबाट धादिङको माझीटारतर्फ जाँदै गरेको बा२०च ४४०० नम्बरको बलेरो जिप आज अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको छ । अन्य घाइेतको भने मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको प्रनाउ दाहालले जानकारी दिनुभयो ।  जिप चालकको अवस्था सामान्य रहेको र उनको अहिले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि – मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिनुभयो ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल १३ जना उपचाररत छन् ।