गुल्मीमा जिप दुर्घटना हुदा तीनको मृत्यु,छ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुदा तीनको मृत्यु,छ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो ।

यो पनि – दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान गरेको हो ।जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जका नेचर गाईड यमनारायण महतोको टोलीले उक्त गिद्धको बासस्थान, आहारा र सङ्ख्याबारे अनुसन्धान गरी बिहीबार फर्किएको शुक्लाफाँटाका नेचर गाइड सुमन चौधरीले बताउनुभयो ।

“अनुसन्धानकर्ता विदेशी पाहुनको टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे)मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ” उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ ।”सुरुका दिनमै सानो खैरो गिद्ध देख्न पाए पछि उत्साहित भएका उनीहरूले यसकोे संरक्षणका लागि सम्बद्धपक्षले चासो दिनुपर्नेे नेचर गाईड चौधरीले बताउनुुभयो । अनुसन्धानकर्ताले निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रकृति, पन्छी र मानवबीच घनिष्ट सम्बन्ध रहेको र यस्तो सम्बन्ध नेपालभरको बसाईमा अन्त देख्न नपाएको बताएका थिए ।

उक्त टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्र मध्यपोखरा र मुस्ताङसम्म पुगेर पनि अनुसन्धान गर्ने बताइएको छ । उक्त गिद्ध नेपाललगायत दक्षिणपूर्वी एशियामा पाइने गरेको छ । यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ ।