मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्गा भवानीको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ डुबेर मृत्यु भएको साहको शव आज बिहान ११ बजे फेला पारिएको हो । जलेश्वरको दुर्गाचोकमा अवस्थित दुर्गापूजाको मूर्ति प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट बिसर्जन गर्ने परम्परा छ । सोही परम्परा अनुसार शनिबार साँझ मूर्ति बिसर्जन गर्ने क्रममा साहको भार्गवसर पोखरीमा डुबेर मृत्यु भएको थियो ।

मूर्ति बिसर्जन गर्ने बेलामा पानी भित्र गरुङ््गो मूर्तिले चेपिन जाँदा उनको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । युवक साह मूति विसर्जन भइसकेर अबेर राति घर नआएपछि परिवारजनले खोजतलाश गर्न थालेको र आज बिहान मूर्ति सेलाउन गएको पोखरीमा डुबेको हुनसक्ने आशङ्का गर्दै नेपाल प्रहरीसहितको टोलीले सोही पोखरीमा खोज्न जाँदा युवक साह पोखरीभित्र हिलोमा गडेको अवस्थामा फेला परेको उपरीक्षक विष्टले बताउनुभयो ।  शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी भइरहको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – गोरखामा ४.३ रेक्टरको परकम्प

गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।