जिल्लामा दसँैंको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो । तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उहाँले बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उहाँको भनाइ छ । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उहाँको भनाइ छ ।
यो पनि – ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताउनुभयो । ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
यो पनि – दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ९५६४ नं को स्कारपियोले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौनियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया