आज थप ३९१ जनामा कोरोना सङ्क्रमण

आज थप ३९१ जनामा कोरोना सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको छ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा छ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ । हाल १२ हजार २९७ सक्रिय सङ्क्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप छ को मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार २८४ को कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी आज ६८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ८१ हजार ४५६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – भारतम थप १४ हजार १४६ जना सङ्क्रमित

३१ असोज (रासस÷एएनआई) ः पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९८ः १० प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२० दिन यताको सव भन्दा कम भएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ६७ हजार ७१९ जना पुगेको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार १२४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।

यो पनि – बेलायतमा एकै दिन ४० हजार भन्दा कोरोना सङ्क्रमित

३१ असोज (रासस÷सिन्ह्वा) ः बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको छ । यो समेतगरी यहाँ चौथो दिन सम्म पनि ४० हजार भन्दा बढी सङ्क्रमित पाइएका हुन् ।

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् ।अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८४ लाख ४४ हजार नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४८ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको भन्दै थप सतर्कता अपनाउन आग्रह पनि गर्नुभएको छ ।

यो पनि – संयुक्त राष्ट्रसंघद्धारा युद्धविरामको स्वागत

३१ असोज (रासस ÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ ।

यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्काे पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गर्नुभएको छ । उहाँले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ ।