पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको ह.त्या गर्ने पक्राऊ

पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको ह.त्या गर्ने पक्राऊ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको ह.त्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलन गर्दै बताउनुभयो ।

सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि आफ्नी पत्नीको गर्भ तुहिएको भन्दै बडादसैँ चलिरहेकै बेला गत बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिला सुतिरहेको अवस्थामा हथौडा प्र.हार गरी ह.त्या गरेको प्रहरीले जनाएको छ । भाउजूको ओछ्यानमै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर ह.त्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

यो पनि – ९७ बोतल लागुऔषध बरामद

सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल छाडेर भागेका उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका अपनाएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ