अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्यवस्थाबारे जानकारी

अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्यवस्थाबारे जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ ।

यो पनि – मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ ।

यो पनि – भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शुन्य

तनहुँमा कोरोना सङ्क्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको सङ्ख्या शुन्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुुक्लागण्डकीमा १९, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुई र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका–९, भिमाद नगरपालिकामा तीन, म्याग्दे गाउँपालिकामा चार, ऋषिङगाउँपालिकमा एक जना रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको सङ्ख्या दर शुन्य रहेको छ ।