जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१ कात्तिक (रासस÷सिन्हवा) ः जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् । यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् । ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् ।

यो पनि – अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

१ कात्तिक (रासस÷सिन्हवा) अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उहाँ आइतबार डिस्चार्ज भएको बताइएको छ । उहाँलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको सो अस्पताल प्रशासनले जनाएको समाचारमा बताइएको छ ।पचहत्तर वर्षीय पूर्व राष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भइ ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको हो ।