गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अपराह्न दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट झरेका थिए । जिपमा सवार नौ जना यात्रु जिपबाट झरेलगत्तैे ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जिपलाई बगाएर बढीघाट खोलामा पु¥याई बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ ।
दुई दिनदेखिको लगातार वर्षाका कारण डहरे खोलाले बगाएको उक्त जिप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुर्याएपछि यात्रुहरुले हेर्दाहेर्दै जिप खोलाको भेलसँगै बेपत्ता बनेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगे पनि खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन । अविरल वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले बताउनुभयो ।
यो पनि – बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो
नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ । किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हँुदै काठमाडाँै जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।
बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ । बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए ।
यो पनि – नुवाकोटको मनकामनामा बस दुर्घटनामा ३० घाइते, १० को अवस्था गम्भीर
नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको थियो । छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ ।
यो पनि – नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो ।
यो पनि – मलेसियामा एक नेपालीको मृत्यु
वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।



प्रतिक्रिया