अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ । गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।गए रातिको वर्षाले चनौटेको ह्युपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासी शशी बरुवालले जानकारी दिनुभयो । बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्व भएको छ ।

यस्तै मङ्गलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो । ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातातातबाट वञ्चित भएको छ । इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ । यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ । वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताउनुभयो । सडक बन्द हँुदा दसैँ मनाउन आएका यात्रु प्रभावित भएका छन् ।
यो पनि -वर्षाले ग्रामीण सडक अवरुद्ध
लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा आएपछि दसैँ मनाएर कार्यक्षेत्रमा फर्किने समस्यामा परेका छन् ।टीका थाप्न आफन्तकामा गएका व्यक्तिले समेत ग्रामीण सडकका कारण सास्ती भोग्नुपरेको छ । खुलेको मौसममा दसैँ मनाइरहेकाहरूलाई आइतबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण समस्या उत्पन्न भएको छ । कालोपत्र सडकको सुविधा भएको ठाउँमा वर्षाकै बीचमा पनि सवारी फाट्टफुट्ट चले पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको पीडितहरुले बताएका छन् ।
दसैँ मनाउन घरमा आउनुभएका ज्यामरुककोटका योगराज शर्मालाई आफ्नो कार्यक्षेत्र दाङमा पुग्न समस्या भएको छ । “ आइतबारदेखि लगातार पानी परिरहेको छ, वर्षाका कारण गाउँबाट बागलुङसम्म जाने गाडी चलेका छैनन्,” जनता क्याम्पस दाङका क्याम्पस प्रमुख शर्माले भन्नुभयो, “बागलुङदेखि पोखरासम्मको सडक पनि जोखिमयुक्त रहेकाले आज मङ्गलबार जाने आँट गर्न सकिनँ ।”
उहाँको जस्तै समस्या धेरैले भोगेका छन् । दसैँ बिदामा मुस्ताङ र म्याग्दीको घोडेपानी, पुनहिल लगायतका पर्यटकीय क्षेत्रमा घुमघामका लागि आएका व्यक्ति सडककै कारण आफ्नो घरमा फर्किन नसकेका नवलपुरको गौडाकोट नगरपालिका–१२ हर्कपुरबाट मुस्ताङ भ्रमणमा आउनुभएका शिवराज पोख्रेलले बताउनुभयो ।
वर्षाका कारण पहिरो र सडकमा बगेको लेदोले गर्दा बेनी–जोमसोम सडक खण्डको काभ्रेभिर, रुप्से छहरा लगायतका स्थानमा सडक अवरुद्ध हुँदा यात्रीहरु अलपत्र पर्ने गरेका छन् । उता जाँदा गाडीमा घोडेपानी नजिक पुगेकाहरु पmर्किने समयमा पानी परेर गाडी नचलेपछि पैदल नै बेनी आउन बाध्य भएका स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दसैँलगत्तै गाडीको चाप बढ्न थाले पनि आइतबारदेखिको वर्षाका कारण सञ्चालनमा आएकामध्ये ३० प्रतिशत जति सवारी साधन सञ्चालन हुन नसकेका जनाएको छ ।जिल्लाका प्रायः सबै ग्रामीण क्षेत्रमा कच्ची सडक छन् । अलिकति वर्षा हुनासाथ पनि सडक चिप्लिने, पहिरो झर्ने, भेलको कटानले बाटोको स्वरूपै नरहने लगायतका कारणले गर्दा सर्वसाधारण र यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।



प्रतिक्रिया