पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच÷पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई÷दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई÷दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै ८९ महिलासहित १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि – बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित

२ कात्तिक (रासस÷सिन्हवा) बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् ।यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यो पनि – भारतम थप १३ हजार ५८ जना सङ्क्रमित

२ कात्तिक (रासस÷एएनआई) ः पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यो सङ्ख्या २३१ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् यो सङ्ख्या २२७ दिन यताको सव भन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित संख्या कूल सङ्क्रमितको ०.५४ प्रतिशत मात्र रहेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ ।