कांग्रेसद्वारा उद्धार र राहतमा खट्न तीनै तहका सरकारलाई आग्रह

कांग्रेसद्वारा उद्धार र राहतमा खट्न तीनै तहका सरकारलाई आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।  केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारलाई आवश्यक समन्वय र व्यवस्थित योजना साथ ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पार्टीकोतर्फबाट सरकारसँग माग गर्नुभएको छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले नेता कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न अपिल गरेको छ । प्राकृतिक प्रकोपमा जीवन गुमाउनुभएका सबैप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै पार्टीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो पनि – महाकाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसका साथै गृहजिल्ला दार्चुला जान लाग्नुभएका कानून, न्याय तथा संसदीयय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसमेत बाटो खुलेसँगै आज दार्चुला प्रस्थान गर्नुभएको थियो । गएको तीन दिनदेखि अवरुद्ध रहेको विद्युत् र नेपाल टेलिकमको सेवा पनि सञ्चालन भएको छ ।