सुदूरपश्चिमः थप २६ जनामा सङ्क्रमण

सुदूरपश्चिमः थप २६ जनामा सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८९ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । एक्काइस जनामा पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल २० र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत बाजुराका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । यसअघि यस प्रदेशमा बिहीबार २० जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना डिस्चार्ज भएका थिए ।

यो पनि – सुदूरपश्चिमः थप २६ जनामा सङ्क्रमण

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रममण देखिएको छ ।

सङ्क्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जना रहेका छन् । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, विर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन÷तीन, हल्दिबारी र कनकाईमा दुई÷दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माईजोगमाईमा एक÷एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २९ महिलासहित ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।