प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमा जानुहुँदै

प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमा जानुहुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जानुहुने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । उहाँ आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

यो पनि – कोरोना कहरले सुस्तायो ढाकाको व्यापार

पाल्पा, ७ कात्तिक (रासस) : रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित हुनुहुन्थ्यो । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उहाँ निराश हुनुहुन्छ ।कोरोना कहरले ढाकाका व्यापारमा निकै नै कमी आएको उहाँको अनुभव छ । यस्ता उद्योग लामो समय बन्द हुँदा श्रमिक कामविहीन समेत बनेका छन् । तानसेनको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्दै आएका कृष्णबहादुर क्षेत्रीले कोरोनाले लाम्रो समय कपडा उत्पादनमा समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ढाका कपडा उत्पादनमा मात्र होइन, व्यापारमा समेत कमी हुँदै गएको छ । ”

आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन नसक्दा जिल्लामा ढाका र करुवालगायतका स्थानीय वस्तुले बजार पाउन समस्या देखिएको हो । अघिल्ला वर्षका दसैँको घटस्थापना सुरु भएसँगै पाल्पाली ढाका कपडाको कारोबार निकै राम्रो हुँदै आएको थियो । पछिल्ला दुई वर्षका अवधिमा ढाका कपडाको व्यापार फस्टाउन सकेको छैन । ढाका कपडाको उत्पादन र पसलसमेत थपिन सकेको छैन ।तानबाट उत्पादित ढाका कपडा लगाउन स्वास्थ्यलाई समेत राम्रो हुने र निकै आकर्षक देखिएको छ । हस्तकलाबाट उत्पादित ढाका कपडाको सीप जोगाउन, कारोबार टिकाइराख्न पाल्पाली ढाकालाई विविधिकरण गर्न थालिएको हो । जिल्लामा ढाका कपडाको व्यापार राम्रो हुर्ने मदनपोखरा ढाका पसलका सञ्चालक कमल भण्डारीले जानकारी दिनुभयो ।

तानबाट उत्पादित ढाकाका सामग्री उपहारका रूपमा लैजाने गर्छन् । पर्यटकले कोशेली तथा मायाको चिनोका रूपमा ढाकाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले ढाका कपडा खोजीखोजी लैजाने गर्छन् । यसपालिको दसैँमा ढाकाका व्यापारमा कुनै उत्साह नभएको पाल्पाली ढाका कपडा सङ्घका सचिव मनोज पौडेलले बताउनुभयो ।ढाका कपडा उत्पादन, बजारीकरणले सयौँ युवा रोजगारी पाउन सफल छन् । यसपालि ढाका कपडाको कारोबार नहुँदा उद्योगमा काम गर्ने श्रमिक, व्यापारीमा दसैँ आए पनि कुनै उत्साह छैन । पाल्पाली ढाका कपडा उत्पादनका क्षेत्रमा प्रख्यात जिल्ला हो । पाल्पाको तानसेनमा उत्पादित ढाका कपडा अहिले जिल्लाका अधिकांश स्थानीय तहमा उत्पादन हुन्छ ।

जिल्लामा उत्पादित ढाका कपडासँगै रोजगारीका सम्भावना बढेको हो । जिल्लाका स्थानीय तहले ढाका कपडाको प्रवद्र्धनका निम्ति तालिम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाउन खोजेका छन् ।तानसेनका गणेशमान महर्जनले विसं २०१५ मा घरेलु कार्यालयमा पहिलोपटक ढाका उद्योग दर्ता गनुभयो । सोही उद्योगबाट पहिलोपटक यहाँ ढाका कपडा उत्पादन हुन सुरुआत भएको जनाइएको छ । ढाका कपडालाई तानसेनमा भित्र्याउनुहुने उहाँकी धर्मपत्नी पूर्णमायाले अहिले पनि ढाकाको पेशालाई निरन्तरता दिइरहनुभएको छ ।

उहाँका अनुसार तत्कालीन समयमा महर्जन कामका खोजीमा दिल्लीमा पुग्नुभयो र कपडा बुन्नुभएको थियो भने पछि भारतबाट फर्केर जिल्लामा नै केही काम गर्नुपर्छ भनेर उद्योगका रूपमा नै ढाका कपडा उत्पादन गर्न थाल्नुभएको हो ।उहाँले “श्रीमान्ले सुरुआत गरेको ढाका उद्योग अहिले पाल्पाभर फस्टाएको छ । जिल्ला बाहिर तथा भित्रका धेरै महिलाले ढाका कपडा बुनाई, तयारी पोशाक उत्पादन र बजारीकरणमार्फत राम्रो आम्दानी भएको देखेको छु । महिलाहरु ढाकाबाट आत्मनिर्भर बन्न खोजी गर्नुभएकामा मलाई नै खुशी लागेको छ ।” पाल्पाली ढाका कपडासँग जोडिएर अहिले युवा, महिला, वृद्धसमेतले रोजगारी पाउन सकेकामा उहाँका परिवार निकै उत्साहित बनेका छन् ।