जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिराका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि रु ६० हजारसम्म अनुदान दिने निर्णय गरेको छ ।
उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गर्ने तथा सङ्घीय सरकारले व्यवस्था गरेअनुरुप न्यूनतम तलबमापन गर्ने निर्णय गरेको छ ।
यो पनि – वर्षाले तरकारी खेतीमा क्षति, किसानको रुवाबासी
कमल गाउँपालिका–१ का ४५ वर्षीय लोकबहादुर पाण्डेले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहनुभएको थियो । वार्षिक खर्च कटाएर रु पाँच लाख आम्दानी गर्दै आउनुभएको उहाँको यसपटक भने ओठमुख सुकेको छ । वर्षाका कारण बारीमा लगाएको तरकारी नष्ट नभएपछि उहाँको ओठमुख सुकेको हो ।
उहाँले १२ कठ्ठा जमिनमा बेमौसमी तरकारी खेती लगाउनुभएको थियो । बारीमा लहलहाउँदो भएको रायो साग, हुर्कँदै गरेको काँक्रा, बोडी, फर्सी सबै पानीले डुबान भएपछि नष्ट भएको छ । ग्रामीण क्षेत्रमा बिना अनुदान तरकारी खेती गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएको उहाँले भन्नुभयो, “पानीले बास त उठाएन तर अब गाँस भने खोस्यो ।” कमल–२ का टङ्क कट्टेलको पाँच कठ्ठामा लगाएको आलु खेतीमा क्षति पुगेको छ । उहाँले समयमै धान काटेर आलु रोप्नुभएको थियो । उम्रन लागेको आलु बारीमा बेमौसमी वर्षाले पानी जमेपछि सबै मरेको छ । मल, बीउ मात्र होइन लगानी खेर गएकाले उहाँ चिन्तित हुनुहुन्छ ।
बाह्रदशी गाउँपालिका–१ मा बिरिङ नदीमा आएको बाढीले ३० बिघा तरकारी खेती बगरमा परिणत भएको छ । मुस्लिम समुदायको बसोबास रहेका ३० घर परिवारले काउली, टमाटर, करेला र भण्टा लगाएका थिए । व्यावसायिक तरकारी खेती गरेर जीवन धान्दै आएका सामान्य परिवारका उनीहरुको तरकारी बारी बगरमा परिणत भएपछि बेहाल भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो ।
प्रमुख सिंहले भन्नुभयो, “अरु पेशा र व्यवसाय नभएका उनीहरुको बारी नै बगर भएको छ । खेतीबाटै जीवन धान्न गरिएका किसानको तरकारी खेतीबालीमा ठूलो नोक्सान भयो । तीनै तहका सरकारले उनीहरुलाई राहतको व्यवस्था गरोस् भन्ने उद्देश्यले क्षतिको लगत सङ्कलन गरेर कृषि मन्त्रालयमा पठाइरहेका छौँ ।” उहाँका अनुसार जिल्लामा करिब ४० बिघा मौसमी र बेमौसमी तरकारी खेतीमा वर्षाले क्षति पु¥याउँदा रु ३० लाखभन्दा बढी किसानको क्षति भएको छ ।



प्रतिक्रिया