‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा

‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर, एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि रु एक करोड २६ लाख बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट रु १५ लाख विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्योहोर्ने गरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँका रूपमा लिने गरिन्छ । ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालन नभएका कारण स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।

यो पनि – गलकोटेलाई पोखराका अस्पतालमा छुट

जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो ।

गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सुविधा सधँैका लागि हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट उपचारका लागि जाने जो–कोहीले समाजको सिफारिसपत्रका आधारमा अस्पतालमा छुट पाउँछन् । सम्बन्धित स्थानीय तहको बासिन्दा रहेको परिचय खुल्ने कागजात लिएर आएमा सिफारिस दिने गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

“बिरामी जुनसुकै समयमा आए पनि सिफारिसपत्र दिन्छौँ, कुनै शुल्क लाग्दैन”, उहाँले भन्नुभयो, “हामीले यही अस्पतालमा आउनुस् त भन्दैनौँ, तर खोज्दै आउने बिरामीलाई उपचारमा सहजीकरण गर्छौँ ।” गाउँबाट आउने बिरामीले अर्थाभावमा उपचारमा समस्या झेलिरहेको देखेपछि समाजले छुटका लागि पहल लिएको हो । एक्स–रे, प्रयोगशाला सेवालगायतमा पनि बिरामीले छुट पाउँछन् । गरिब तथा विपन्न परिवारका बिरामीले उपचारै गर्न नसक्ने स्थितिमा समाजले आर्थिक सहायताका लागि कोषसमेत खडा गरेको छ । “पैसा नभएर उपचारबाट बञ्चित भएकालाई समाजले नगद सहयोग पनि गर्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

जटिल स्वास्थ्य समस्या हुँदा यहाँका बिरामी उपचारका लागि पोखरा धाउनुपर्ने बाध्यता छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल जिल्लामै रहे पनि सोहीअनुसारको उपचार सेवा उपलब्ध हुनसकेको छैन । पूर्वाधार, उपकरण र मानव संशाधन अभावमा स्थानीय अस्पतालको सेवा प्रभावकारी हुन नसकेको हो ।

पोखराजस्तो ठूलो सहरका अस्पतालले गाउँका बिरामीलाई लक्ष्य गरी छुट सुविधा दिँदा आधारभूत तहका सर्वसाधारणलाई राहत मिलेको छ । समाजले त्यहाँका अन्य अस्पतालमा पनि छुटका लागि पहल गर्ने जनाएको छ । “यो त सुरुआत मात्र हो, छुटको दर बढाउन हाम्रो निरन्तर प्रयास रहन्छ”, अध्यक्ष थापाले भन्नुभयो ।