बैतडीमा भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदै

बैतडीमा भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।खोप अभियानअन्तर्गत आज र भोलि पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिनुभयो । यस्तै कात्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ ।

यस्तै कात्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कात्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक वडाका खोप केन्द्रमार्फत खोप लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरिएको छ । खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा लैजान भनिएको छ । बैतडीमा हालसम्म ६१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । कोरोनाकै कारण यहाँ एक स्वास्थ्यकर्मीसहित १८ जनाको ज्यान गइसकेको छ ।

यो पनि – कोरोना खोपको समान वितरणका लागि महासचिव गुटेर्रेसको आग्रह

९ कात्तिक (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको हो ।
महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभएको छ – अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ ।

उहाँले भन्नुभएको छ कि अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न सकेको छैन ।उहाँले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ भन्नुभयो ।

उहाँले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको छ भन्नुभयो । महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय संकट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिनुभयो ।

यो पनि – सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते

९ कात्तिक (रासस÷एएनआई) ः सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४० जना घाइते भएका छन् । नागरिक अगुवा र सैनिक प्रतिनिधिहरु सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनका लागि हजारौ नागरिक सडकमा उत्रिएका छन भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा परिचालन गरिएका छन् । अन्तरिम सरकारलाई बर्खास्त गरेको घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री अब्दल्ला हम्डकसहित राजनीतिक दलका धेरै नेताहरुलाई सेनाले नियन्त्रणमा लिएको छ ।
सैनिक सरकारले सङ्कटकालको घोषणा गरेपछि राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनका आयोजकहरूलाई पक्राउ गरेको छ ।

सैन्य कूको विश्वभरिबाट पनि विरोध भइरहेको छ । अमेरिकाले सैन्य कूप्रति आपत्ति जनाउदै सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर नदिने घोषणा पनि गरेको छ । तर कूको नेतृत्व गरेका सैन्य प्रमुख जनरल अब्देल फतह बुर्हानले भने दलहरूबीचको राजनीतिक झगडाका कारण सेनाले राजनीतिक जिम्मेवारी पनि लिनु परेको स्पष्ट पार्नु भएको छ ।

सुडानमा लामो समय शासन गरेका ओमार अल बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र राजनीतिक दलका नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ ।प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता देखिएको छ । प्रदर्शनकारी सवैले सैन्य शासन आफूहरुलाई अस्विकार्य रहेको बताउने गरेका छन् ।
उनीहरुले सैनिक मुख्यालय अगाडि नै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै सडकमा डायर बाल्ने, नारा जुलुश गर्नेलगायतका विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

विमान सेवा, सञ्चार सेवा, इन्टरनेट सेवालगायतमा भने सरकारले नै अवरोध गरेको छ ।प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुले गोली प्रहार गरी घाइते भएकाहरुलाई राजधानी खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार गराइएको छ । सैन्य कूको विरुद्धमा चिकित्सकहरु समेत आन्दोलित भएकाले चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । त्यसैगरी केन्द्रीय बैङ्कका कर्मचारीसहित विभिन्न पेशा, व्यवसाय र रोजगारीमा रहेकाहरु पनि आन्दोलित भएका छन् ।

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले सेनाले सैन्य कू गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ ।

तत्कालिन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।
सर्वपक्षीय सहमतीमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो ।