माओवादीबाट धोका हुँदैन ः शाही

माओवादीबाट धोका हुँदैन ः शाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताउनुभएको छ । उहाँले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ । गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला रासससँगको कुराकानीमा शाहीले भन्नुभयो, “माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा छु ।”

नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताउनुभयो । “सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने ”उहाँले भन्नुभयो, “अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वाभिकै हो । उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।”

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसको सहयोग लिनुभएको थियो । विश्वासको मत लिँदै गर्दा उहाँले कांग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । ख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताउनुभएको हो ।

यो पनि – पार्टीलाई एकताबद्ध बनाउनुपर्ने : महासचिव ईश्वर पोखरेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो । जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने् भन्दै उहाँले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो ।१०औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेको स्थानीय तहको अधिवेशन गर्दै छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १०औँ राष्ट्रिय महाधिवशेन हुँदै छ ।

यो पनि – मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मौलिक संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो । “मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ । हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?”, उहाँले भन्नुभयो, “भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ –हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ । प्रबद्र्धन गरौँ । र, भावी पुस्तालाई हस्तान्तरण गरौँ ।”

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्वृद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताउनुभयो । “यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ”, उहाँले भन्नुभयो ।

“लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ । यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ”, उपराष्ट्रपतिले भन्नुभयो, “यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ । विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।” लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा सम्बद्र्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रसंशा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवद्र्धनका लागि सहयोग गरेको बताउनुभयो । कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण गरिएको थियो ।