प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तालिमप्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार काम गरेर परिणाम निकाल्न आग्रह गर्नुभएको छ ।मन्त्री पौडेलले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को कार्यालय निरीक्षण गर्दै उहाँले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा अहोरात्र खट्न र गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभयो ।

विश्व बैंकको रु छ अर्ब ऋण सहयोगमा सो परियोजनाको दोस्रो चरणको कार्यक्रमले आगामी असार मसान्तसम्ममा एक लाख १५ हजारलाई सीपयुक्त तालिम दिने लक्ष्य लिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिनुभयो ।यसैबीच मन्त्री पौडेलले इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसका अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षरोपण गर्नुभयो ।

यो पनि – नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउँछु : पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गतिशील र प्रभावकारी बनाउने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री आलेले निगमलाई सबल र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले निगमको कार्यकारी अध्यक्ष पनि नियुक्त भइसकेकाले छिट्टै बोर्ड बैठक बसेर महत्वपूर्ण निर्यय लिइने बताउनुभयो । “आफ्नो (नेपाल एयरलाइन्सको) जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपती बनाउने त्यसपछि गएर निगमको भूमिस्त सेवा (ग्राउण्ड ह्याण्डलिङ) लाई निजी कम्पनीलाई दिनेजस्तो व्यक्तिगत स्वार्थको धन्दा यो मन्त्री प्रेम आलेले गर्दैन । म आएको ४५ घण्टा नबित्दै निगममा १०४ दिनदेखिको आन्दोलन स्थगित गरियो । कार्यकारी अध्यक्ष नियुक्ति गरिसकेका छौँ अब प्रभावकारी काम हुनेछ”, उहाँले भन्नुभयो ।

मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न निगमको क्षमता र बजार विस्तार गरी विश्व बजारमा निगमका जहाज सहजरूपमा पुग्ने वातावरण बनाउनेतर्फ मन्त्रालयले काम गर्ने बताउनुभयो । पर्यटनमन्त्री आलेले कोभिड महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःरुत्थान एवं प्रवद्र्धनका लागि निजी क्षेत्रको साझेदारीतामा सक्रियरुपमा कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गर्नुभयो । “म पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न कुनै निजी एयरलाइन्स र माफियाको सिफारिसमा आएको हैन । पार्टीले विश्वास गरेर जिम्मेवारी दिएकाले व्यवसायीको समस्या र पीडालाई समाधान गर्नका निमित्त पर्यटन व्यवसायीसँग हातेमालो गरेर अघि बढ्ने”, उहाँले भन्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने

पर्यटनमन्त्री आलेले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने बताउनुभयो । हाल भौतिकरूपमा करिब निर्माण सम्पन्न भइसकेको उक्त विमानस्थलमा आगामी १५ दिनभित्र विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्लालिब्रेसन फ्लाइट’ सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको उहाँले जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र स्पेनको लुम्बिनी गार्डेन नामक संस्थामार्फत ल्याइएको रु दुई अर्ब ५० करोड मूल्यको बुद्धको मूर्तिको राष्ट्रपतिले अनावरण गर्ने कार्यक्रम छ । बुद्धको जन्मभूमिको देशमा विश्वभरका पर्यटकका लागि सन्देश जाने पर्यटनमन्त्रीको विश्वास छ ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले समयसापेक्ष पर्यटन नीतिको अभाव तथा अन्तर मन्त्रालय र मातहत निकायसँगको समन्वयको अभावमा पर्यटन विकासमा ठोस काम गर्न नसकिएको बताउनुभयो । बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले कोभिडका कारण विदेशी पर्यटकको आगमन सङ्ख्या न्यून हुँदा आर्थिक सङ्क्रमण बेहोर्नुपरेको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधि सुस्ताएको उल्लेख गर्नुभयो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पर्यटन क्षेत्रले भोगेका समस्या र आगामी रणनीतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले नेपाल एयरलाइन्सलाई सबलीकरण गर्दै देश तथा विदेशमा पर्यटनका गतिविधि बढाइनुपर्नेमा जोड दिनुभयो । होटल सङ्घ नेपाल (हान) काअ अध्यक्ष सिर्जना राणाले पर्यटकीय सेवाका लागि खुलेका सबैस्तरका होटलको स्तरीकरण र सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।